११ चैत्र २०८१, मंगलबार | Wed Mar 26 2025

नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु



काठमाडौं ।

भारतको राजधानी नयाँदिल्लीमा भागदौड हुँदा १८ जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् ।

यो घटना प्लेटफर्म नम्बर १३ र १४ मा गएराति करिब साढे ९ बजेतिर भएको बताइएको छ । त्यतिबेला रेलवे स्टेसनमा मानिसहरुको निकै भिड थियो ।

यो घटना हुनुमा मुख्य दुई कारण मानिएको छ ।

एक( अत्यधिक भिडका कारण यात्रुहरुलाई श्वासप्रश्वासमा समस्या भयो । केही यात्रु बेहोस भए । त्यसपछि भागदौड मच्चियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१ आइतबार ००:००  ८ : ०४ बजे