२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

लुम्बिनी भिजन कलेजको आयोजनामा रक्तदान कार्यक्रम



वाणगंगा ।

”रक्तदान जीवन दान“ भन्‍ने मूल नाराका साथ प्रजातन्त्र दिवसको अवसर पारी रक्तदान कार्यक्रम गरिएको छ । कपिलवस्तु जिल्लाको वाणगंगा न.पा. ३ गंगौलिया अवस्थित लुम्बिनी भिजन कलेजमा आयोजित रक्तदान कार्यक्रममा ३३ प्वाइन्ट रगत सङ्‍कलन भएको कलेजका प्रमुख सुन्दर पाण्डेले जानकारी दिनु भयो ।

कलेजमा सञ्‍चालित उक्त रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी उप–शाखा बाणगंगा, कपिलवस्तुको प्राविधिक सहयोग रहेको थियो ।
कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक युवराज पोख्रेल, प्रमुख कार्यकारी अधिकृत कृष्ण के.सी. र नेपाल रेडक्रस सोसाइटी उप–शाखा बाणगंगा (रक्त सञ्‍चार सेवा केन्द्र), कपिलवस्तुका अध्यक्ष शंकर पाण्डेको विशेष आतिथ्यता रहेको कार्यक्रममा रक्तदान जीवन दान भन्‍ने मानवीय मर्मलाई स्थापित गराउन विद्यार्थी तथा शिक्षकहरुको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति : ६ फाल्गुन २०८१ मंगलबार ००:००  ३ : ५७ बजे