२ चैत्र २०८१, आइतबार | Mon Mar 17 2025

प्रेस चौतारी नेपाल कपिलवस्तुको पहिलो बैठक सम्पन्न, २० हजार आर्थिक सहयोग



चन्द्रौटा ।
प्रेस चौतारी नेपाल जिल्ला शाखा कपिलवस्तुको पहिलो बैठक आ ज सम्पन्न भएको छ । विभिन्न महत्वपुर्ण निर्णयहरु गर्दै जिल्लाको शिवराज नगरपालिका ५ चन्द्रौटामा पहिलो बैठक सम्पन्न भएको हो । बैठकमा गत माघ १६ गते सम्पन्न जिल्लाकाे ८ औं अधिवेशन लगायत अधिवेशन पछि अहिले सम्मको रिपोटिङ गर्नुका साथै अधिवेशन सफल पार्ने निवर्तमान कार्यसमिति, प्रेस चाैतारी प्रदेश इन्चार्ज, केन्द्रीय निर्वाचन अायाेग अध्यक्ष तथा सहयोग गर्ने सम्पुर्णमा धन्यवाद व्यक्त गरेको छ । माघ २२ गते स्थापना दिवसमा चौतारीले मानवीय कार्यमा महत्वपुर्ण सहयाेग गरेकाेमा आगामी दिनमा रचनात्मक कार्यलाई निरन्तरता दिने समेत बताइएकाे थियाे ।

नेकपा (एमाले) काे राष्ट्रिय रुपमा संचालित जरा अभियान वडा केन्द्रित अभियान कपिलवस्तुमा सफल पार्नका लागि जिल्लाका सबै पालिकामा समाचारका लागि सदस्यहरुलाई जिम्मेवारी बाँडफाँड समेत गरेको छ । त्यस्तै बैठकले संगठनका आगामी कार्ययोजना निर्माणका लागि अध्यक्ष बाबुराम रायमाझीको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको छ ।

बैठकले प्रेस चौतारी नेपाल कपिलवस्तुका सदस्य दुर्गा प्रसाद काफ्लेको निधन प्रति शोक प्रस्ताव पारित गर्नुका साथै शोकाकुल परिवारजन प्रति समवेदना प्रकट गरिएको छ ।  साथै उहाँको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गर्नुका साथै चौतारीको टोलीले उहाँको निवासमै गई २० हजार रूपैया आर्थिक सहयोग गरेको छ ।

बैठकमा सम्बोधन गर्दै प्रमुख अतिथि तथा नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तुका सचिव सिबि गहतराजले पार्टीलाई बलियो र मजबुत बनाउन प्रेस चौतारीको अहम भुमिका रहेको बताउनुभयो । उहाँले संगठनलाई सक्रिय बनाउनका लागि पार्टीले सकारात्मक भुमिका खेलिरहेको बताउदै आन्तरिक प्रतिस्पर्धालाई एकतामा बदल्न आवश्यक रहेको बताउनुभयो ।

बैठकमा प्रेस चौतारी जिल्ला इन्चार्ज राम प्रकट कोरी, संगठनका प्रदेश कार्यवाहक महासचिव हरि अधिकारी, नेकपा एमाले जिल्ला कमिटी सदस्य जगत पाैडेल, प्रेस चाैतारी प्रदेश सदस्य कमल बिष्ट, प्रचार विभाग प्रदेश सदस्य शरद अधिकारी, लगायतले सम्बोधन गर्नुभएको थियो ।

बैठकमा एजेन्डा प्रस्तुत गर्दै जिल्ला अध्यक्ष रायमाझीले अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गराउनुहुन सहयोग गर्ने सम्पुर्णमा आभार व्यक्त गर्नुभएको थियो ।

संगठनका निवर्तमान अध्यक्ष जानु पाण्डे, प्रदेश प्रतिनिधि, केन्द्रिय प्रतिनिधि, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको बैठक जिल्ला सचिव संजिव गहतराजको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१ बिहिबार ००:००  ७ : ५३ बजे