११ चैत्र २०८१, मंगलबार | Wed Mar 26 2025

नेपाल दर्शन समाज कपिलवस्तुको अध्यक्षमा सुनिता सेन



बाणगंगा ।

नेपाल दर्शन समाज कपिलवस्तुको अध्यक्षमा सुनिता सेन निर्वाचित भएकी छन् ।

शनिबार संस्थाको भवनमा भएको २१औं बार्षिक साधारण सभा तथा १०औं अधिवेशनबाट सुनिता अध्यक्षमा सर्वसम्मत निर्वाचित भएकी हुन् ।
यस्तै अधिवेशनबाट उपाध्यक्षमा फविन्द्र सेन, सचिवमा लक्ष्मी खाँण, सहसचिवमा सन्जु सेन, कोषाध्यक्षमा देवेन्द्र विक्रम मल्ल निर्वाचित भएका छन् भने कार्यसमिति सदस्यहरुमा रेखा मल्ल, लिला सिंह, पवित्रा खाँण, लक्ष्मी उचै, लिलन सेन र सिता शाही निर्वाचित भएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिदैं निवर्तमान अध्यक्ष कमला सेन (सुष्मा खाँण) ले नेपाल दर्शन समाज कपिलवस्तुलाई जिल्ला हुदैं प्रदेशमा स्थापित गर्ने गरि लाग्न आग्रह गरिन् । त्यसका लागि संस्थाको हकहितमा एकताबद्ध रुपमा काम गर्न आवश्यक रहेको उनले बताईन् ।

नवनिर्वाचित कार्यसमितिले शनिबार नै पद तथा गोपनियताको सपथ ग्रहण समेत गरेको उनले जानकारी दिईन् ।

यस्तै लेखा समिति संयोजकमा भरत मल्ल चयन भएका छन् भने उक्त समितिको सदस्यहरुमा पार्वती शाही र भरत प्रताप सेन चयन भएका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०८१ शनिबार ००:००  ८ : ४५ बजे