काठमाडौं ।
केपी ओली कप च्याम्पियनसिप फुटबलमा आज दुई खेल हुँदैछन्।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेलमा एपीएफ एफसी र संकटा एफसी तथा मछिन्द्र एफसी र ट्रान्सपोर्ट युनाइटेड एफसी भुटानबीच प्रतिस्पर्धा हुनेछ।
बिहान साढे ११ बजे सुरु हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन्।
केपी ओली मछिन्द्र एफसी र ट्रान्सपोर्ट युनाइटेड एफसी भुटानबीचको खेल दिउँसो ३ बजे सुरु हुने छ।
हिजो भएको दुई खेलमा केपी एफसी र त्रिभुवन आर्मी क्लब केपी ओली कप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।
प्रतिक्रिया