२९ असार २०८२, आइतबार | Mon Jul 14 2025

विजयनगरमा फाल्गुण १५ गते सार्वजनिक बिदा



कपिलवस्तु।

जिल्लाको विजयनगर गाउँपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले बिहीबार मगर दिवसको अवसरमा स्थानिय बिदा दिइएको हो ।

दिवसको अवसरमा विजयनगर गाउँपालिकाको कार्यालय अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था (आकस्मिक सेवा बाहेक) मा बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापा मगरले बताउनुभयो ।

उक्त दिवसका अवसरमा विजयनगर गाउँपालिका १, भगिरामपुर (गौरीघाट)मा विशेष खेलकुद, मेला तथा सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको उहाँको भनाइ छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१ बुधबार ००:००  ७ : २२ बजे