११ चैत्र २०८१, मंगलबार | Wed Mar 26 2025

तिलौराकोट गोल्डकपः पहिलो सेमिफाईनलमा संकटा र थ्रीस्टार भिड्दै



बाणगंगा ।

दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगितामा आईतबार आज पहिलो सेमिफाईनल खेल हुदैं छ । आईतबार दिउँसो ३ बजे बाणगंगाको बुद्धरंगशालामा संकटा एफसी र थ्रीस्टारबीच पहिलो सेमिफाईनल खेल हुन लागेको जिल्ला फुटबल संघ कपिलवस्तुका अध्यक्ष तिलक थापाले जानकारी दिए ।

संकटा आयोजक कपिलवस्तुमाथि १−० को संघर्षपूर्ण जित निकाल्दै सेमिफाईनलमा पुगेको हो भने थ्रीस्टार हनामी विएफसी चितवनलाई टाईब्रेकरमा ४–२ गोलले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।

सोमबार दिउँसो ३ बजे दोस्रो सेमिफाईनलमा मछिन्द्र एफसी र जोङ्ग्री एफसी सिक्किमबीच खेल हुने खेल संयोजक सुसिल सिंह ठकुरीले जानकारी दिए ।

जिल्ला फुटबल संघ कपिलवस्तुको आयोजनामा भएको यस प्रतियोगिताको उपाधि जित्ने टोलीले ११ लाख ११ हजार १११ र दोस्रो हुनेले ५ लाख ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक ठकुरीले जानकारी दिए ।

जिल्ला फुटबल संघ कपिलवस्तुको आयोजनामा बाणगंगाको बुद्धरंगशालामा फागुन १४ गतेदेखि सुरु भएको यस गोल्डकपको फाईनल आगामी फागुन २१ गते हुने छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१ आइतबार ००:००  ११ : ०७ बजे