२ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025

माछा पोखरीमा डुबेर कपिलवस्तुमा एक पुरुषको मृत्यु



बाणगंगा ।

कपिलवस्तुमा माछा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कृष्णनगर नगरपालिका १ शिवानगरस्थित सार्वजनिक माछा पोखरीमा डुबेर शनिबार एक पुरुषको मृत्यु भएको हो ।

मृतकको हालसम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

मृतक अन्दाजी २२ वर्षीय पुरूषको रहेको जानकारी दिदैं प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१ सोमबार ००:००  ९ : ३२ बजे