२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

पत्रकार खड्काद्धारा विद्यालयमा अक्षयकोष स्थापना



बुटवल ।

कपिलवस्तु शिवराज नगरपालिकाका पत्रकार दिपक खड्काले स्थानीय बालशिक्षा माविमा ५० हजार रुपैयांको अक्षयकोष स्थापनाका गरेका छन् । स्वर्गीय आमा सावित्री खड्का र बुबा बिष्णु खड्काको स्मृतिमा उनले अक्षयकोष स्थापना गरेका हुन् ।

पत्रकारिता संगै सामाजिक कार्यमा क्रियाशील खड्काले बिपन्न परिवारका बालबालिकालाई शिक्षामा सहयोग पुगोस् भन्ने उद्धेश्यका साथ अक्षयकोष स्थापना गरेको बताए । विद्यालयले शैक्षिक गुणस्तरमा उल्लेख्य बृिद्ध गरेको खण्डमा अक्षयकोषलाई ५ लाख सम्म पुर्‍याउने खड्काले बताए ।

आमाले ब्राखा पालेर आफुलाई पढाएको स्मरण गर्दै खड्काले बिपन्न वर्गका बालबालिकालाई छात्रबृत्ति मार्फत पढाईमा टेवा पुग्ने विश्वास ब्यक्त गर्दै अन्य ब्यक्तिलाइ पनि कोष स्थापना गर्न अपील गरे ।

कार्यक्रममा नेकपा एमाले जिल्ला सचिव चन्द्र बहादुर गहतराज सिबिले अन्यत्र ठाउँमा भन्दा बिपन्न बालबालिकाले अध्ययन गर्ने ठाउँ सामुदायिक बिद्यालयमा छात्रबृत्ति अक्षय कोष स्थापना गर्नु सराहनीय कार्य हुने बताए ।

कार्यक्रममा बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष लालबहादुर घर्ती ,वडा न।२ पा जनप्रतिनिधि यम प्रसाद भुर्तेल,पत्रकार शनिउल्ला धोबीले मन्तब्य राखेका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१ शनिबार ००:००  ७ : १८ बजे