४ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025

बुटवलमा रक्षा संवाददाता अभिमुखीकरण सुरु



मायादेवी अनलाइन, बुटवल ।

रक्षासम्बद्ध सञ्चारकर्मीलाई नेपाली सेनाले बुटवलमा अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ । नेपाली सेनाको सांगठनिक स्वरूप, कार्यसंचालन प्रक्रिया लगायतका विषयमा जानकारी गराउने उद्देश्यले सञ्चालित कार्यक्रममा २० जना सञ्चारकर्मीहरुको सहभागिता रहेको छ ।

मध्य पश्चिम पृतना हेडक्वाटरमा संचालन गरिएको अभिमूखिकरण कार्यक्रममा विभिन्न १३ जिल्लाका २० जना पत्रकारको सहभागीता रहेको छ ।

तालिमको उद्घाटन कार्यक्रममा बोल्दै मध्यपश्चिम पृतना हेडक्वाटर बुटवलका पृतनापति उपरथी प्रेम बहादुर पूनले नेपाली सेनाको सांगठानीकनिक स्वरुप, भूमिका, जिम्मेवारी सम्वन्धी जानकारी आदान प्रदान र नेपाली सेना र पत्रकारहरु बिचको सहकार्य अभिवृद्धि गर्ने उद्येश्यले तालिम आयोजना गरिएको बताउनुभयो ।

तालिमको पहिलो दिन आज नेपाली सेनाको संक्षिप्त परिचय, पृतनाको जिम्मेवारी क्षेत्र,रक्षा संवाददाता अभिमूखिकरणको महत्व र पत्रकार आचार संहिता विषयमा प्रशिक्षण दिईएको थियो ।
कार्यक्रममा मध्यपश्चिम पृतना हेडक्वाटर वुटवलका सहायक रथी मछिन्द्र थापा, बरिष्ठ पत्रकार डा.बालकृष्ण चापाँगाई र नेपाली सेना जनसम्पर्क तथा सुचना निर्देशनालयका सेनानी रवीन राईले सहजीकरण गर्नु भएको थियो ।

फागुन २८ गते सम्म संचालन हुने अभिमूखिकरण कार्यक्रममा नेपाली सेनाले संचालन गर्दै आएका विभिन्न गतिविधि, अधिकार क्षेत्र संगै पाल्पा दरवार, रानी महल र ऐतिहासिक जितगढी किल्लाको स्थलगत अवलोकन भ्रमण कार्यक्रम समेत तय गगरिएको छ । तालिमको स‌‌ञ्चालन नेपाली सैनीक रेडियो कार्यक्रमका प्रस्तोता सुबेदार सुदिप ढकालले गर्नुभएको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१ आइतबार ००:००  ४ : ५२ बजे