१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025

महिलाको हत्या गरी शव बोरामा राखेर बागमतीमा फ्याँकेको आरोपमा थप एक जना पक्राउ



काठमाण्डौ ।

काठमाण्डौको गोकर्णेश्वरमा एक जना महिलाको हत्या गरी शवलाई बोरामा राखेर बागमती नदीमा फ्याँकेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

यसअघि पाँच जना पक्राउ परेकामा आज मकवानपुरका १९ वर्षका पेम्बा लामालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक ९एसपी० अपिलराज बोहोराले जानकारी दिनुभयो ।

यसअघि सर्लाहीको ढुङ्गेखोलाका २५ वर्षीय कैलाश खड्का, मकवानपुरका २० वर्षीय सुरेश तामाङ, नुवाकोटका २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोकका २० वर्षीया पूजा परियार र एक नाबालक पक्राउ परेका थिए ।

मृत भेटिएकी महिलाको पहिचान खुलेको छैन । उनीहरूले हत्या गरेर शवलाई चार दिनसम्म कोठामै राखेर पछि बागमतीमा फालेको खुलेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेटस् फागुन २६, २०८१

प्रकाशित मिति : २६ फाल्गुन २०८१ सोमबार ००:००  ७ : १९ बजे