काठमाडौं ।
प्रधानमन्त्री कप क्रिकेटमा आज आज दुई खेल हुदैछन्।
आज बागमती प्रदेश र गण्डकी प्रदेशबीच सिद्धार्थनगर रंगशालामा खेल बिहान ९ बजेदेखि शुरु हुने छ।
जारी प्रतियोगितामा बागमतीले ४ खेलमा एक जित र ३ हार बेहोरेको छ भने गण्डकी प्रदेशले पनि एक जित र ३ हार बेहोरेको छ।
त्यस्तै आज अर्को खेल कर्णाली प्रदेश र कोशी प्रदेश भिड्दैछन्। एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुनेछ । जारी प्रतियोगितामा कर्णाली प्रदेशले ४ खेलमा एक जित र तीन हार बेहोरेको छ भने कोशी प्रदेशले ५ खेलमा एक जित र ४ हार बेहोरेको छ।
पीएम कपमा अहिलेसम्म नेपाल पुलिस क्लब ५ खेलमा अपराजित रहदै १० अंकसहित शिर्ष स्थानमा छ भने त्रिभुवन आर्मी क्लब पनि ५ खेलमा अपराजित रहदै १० अंकका साथ नै दोस्रो स्थानमा रहेको छ। लुम्बिनी ८ अंकका साथ तेस्रोमा रहँदा अर्को विभागीय टोली एपीएफ चौथो स्थानमा छ।
प्रतिक्रिया