६ असार २०८३, शनिबार | Sat Jun 20 2026

च्याउ खाएर बिरामी भएका एकजनाको मृत्यु



तनहुँ ।

व्यास नगरपालिका-६ शान्तिटोलमा च्याउ खाँदा बिरामी परेका एकजनाको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका- ६ सर्वलाङका ३० वर्षीय नारायण मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गत शुक्रबार राति च्याउ खाँदा बिरामी परेका १० जनामध्ये पोखरामा उपचारका क्रममा नारायणको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए। उनका अनुसार बिरामी परेका नौ जनाको अवस्था खतरामुक्त छ।

बारीमा उम्रिएको च्याउ खाँदा शुक्रबार १० जना बिरामी परेका थिए । रासस

प्रकाशित मिति : ४ चैत्र २०८१ मंगलबार ००:००  ७ : २८ बजे