काठमाडौँ ।
थापाथली इन्जिनियरिङ क्याम्पसको अध्यक्षमा नेविसंघ र सचिवमा अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भएका छन् । स्ववियु अध्यक्षमा नेविसंघका प्रह्राद खड्का निर्वाचित भएका हुन् भने सचिवमा अखिल क्रान्तिकारीका जेसिस उपाध्याय निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा नेविसंघका ऋषिकेश प्रजापति निर्वाचित भएको क्याम्पसले जनाएको छ । विद्युतीय भोटिङ मेसिनबाट मतदान भएको थियो । २०७९ को निर्वाचनमा पनि नेविसंघका उम्मेदवार र अध्यक्षमा विजयी भएका थिए ।
क्गलचष्कभ दबलप
प्रतिक्रिया