१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

दैलेखमा चट्यांग लागेर एक युवाको मृत्यु



दैलेख ।

दैलेखमा चट्यांग लागेर एक जनाको मृत्यु भएको छ।

दुल्लु नगरपालिका–६ बस्ने वर्ष १८ का गगन खड्काको चट्याङ लागेर उपचारको क्रममा दुल्लु अस्पताल लैजादै गर्दा निधन भएको हो।

शनिबार भैसी गोठमा पानी परेपछि भैसीहरू सार्ने क्रममा परेको चट्यांग टाउकोमा लागेपछि बेहोस भएका गगनलाई तत्काल उपचारका लागि दुल्लु अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

प्रकाशित मिति : ९ चैत्र २०८१ आइतबार ००:००  ८ : ०८ बजे