२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

यस्तो रहनेछ आजको मौसम



काठमाडौं ।

पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावले लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य भूभागको मौसम साामान्यतया सफा छ।

दिउँसो कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावनाछ।

राति कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २० चैत्र २०८१ बिहिबार ००:००  ८ : ०७ बजे