४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

कक्षा १२ को परीक्षा सर्‍यो, वैशाख २१ गतेदेखि हुने



काठमाडौँ।
कक्षा १२ को राष्ट्रिय परीक्षा अब वैशाख २१ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने परीक्षा २१ गतेदेखि गर्ने निर्णय गरेको हो।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ परीक्षा सार्ने विषयमा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेसँग छलफल गरेका थिए। छलफलका क्रममा प्रधानमन्त्रीले परीक्षा सार्न सकिने अवस्था रहेको खण्डमा सार्न अनुरोध गरेका थिए। सोही आधारमा बोर्डले वैशाख २१ गतेका लागि परीक्षा सारिएको अध्यक्ष शर्माले बताए । विषम परिस्थितिका कारण परीक्षा सार्नु परेको उनको भनाइ छ।

शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा सरेको हो। यसअघि बोर्डको आज बिहान बसेको बैठकले तोकिएकै मितिमा परीक्षा गर्ने निर्णय गरेको थियो। कर्मचारी परिचालन गरेर भए पनि परीक्षा सार्ने भनेको थियो। त्यसको शिक्षकहरूले प्रतिरोध गर्ने चेतावनी दिएका थिए। भने ट्रेड युनियनहरूले समेत कर्मचारीले परीक्षा नगर्ने प्रस्ट पारेको थियो । त्यसपछि परीक्षा सार्ने विषयमा प्रधानमन्त्रीले छलफल गरेका हुन्।

प्रकाशित मिति : ९ बैशाख २०८२ मंगलबार ००:००  ८ : ५० बजे