१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

सरकार र शिक्षकबीच महासङ्घबीच ९ बुँदे सहमति, आन्दोलन फिर्ता



काठमाण्डौ ।
सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीच ९ बुँदे सहमति भएको छ । यो सहमतिलाई केहीबेर अघि सकिएको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको छ ।

सहमति भएसँगै शिक्षकहरूको आन्दोलन फिर्ता भएको र भोलिदेखि पठनपाठन शुरू हुने बैठकपछि शिक्षामन्त्री रघुजी पन्तले जानकारी दिनुभयो ।

शिक्षामन्त्री पन्तले शिक्षकहरूको माग सम्बोधन गर्ने वार्षिक ८ अर्ब रुपैयाँ दायित्व थपिने बताउनुभयो ।

सरकार र महासङ्घबीच विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्ने विषयमा पनि सहमति भएको छ ।

यसअघि आजै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबारमा शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासङ्घका प्रतिनिधिबीच ९ बुँदे सहमति भएको थियो । वार्तामा गृहमन्त्री रमेश लेखक, एमाले प्रमुख सचेतक महेश बर्तौला, कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे पनि सहभागी हुनुहुन्थ्यो ।

शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित सबै शैक्षिक गतिविधि ठप्प पारेर २९ दिनदेखि काठमाण्डौ केन्द्रित आन्दोलन गर्दै आएका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०८२ बुधबार ००:००  ९ : १९ बजे