१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

शैक्षिक हड्ताल स्थगित, भर्ना र परीक्षामा लाग्न शिक्षक महासंघको निर्देशन



काठमाडौं ।

शिक्षक महासंघले शैक्षिक हड्ताल स्थगित गरेको छ ।

सरकारसँग ९ बुँदे सहमति भएपछि शैक्षिक हड्ताल स्थगित गरिएको महासंघ अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए ।
आम शैक्षिक हड्ताल स्थगित भएको छ । नियमित कक्षा सञ्चालन गराउन अनुरोध छ,’ उनले भने ।

परीक्षा र भर्ना अभियानमा संलग्न हुन उनले शिक्षक कर्मचारीलाई आग्रह गरे ।

ऐन जारी नभए अहिलेको भन्दा कडा आन्दोलन गर्ने चेतावनी उनले दिए ।

२० चैतदेखि शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन थालेको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०८२ बुधबार ००:००  ९ : २४ बजे