२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

प्रचण्ड शौचालयमा लडेर घाइते



काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्।

उनको सचिवालयका अनुसार बुधबार राति करिब १२ बजे निवासमा शौचालयमा चिप्लिएर लडेपछि निधारमा चोट लागेको हो।

दाहाललाई तत्कालै ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ। हाल उनको अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा उपचार भइरहेको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : २४ बैशाख २०८२ बुधबार ००:००  ७ : २९ बजे