२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

सर्पको टोकाइबाट बर्दियामा महिलाको मृत्यु



गुलरिया ।

बर्दियामा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । सर्प टोकाइबाट मधुवन नगरपालिका–१ पत्थरबोझीकी ३८ वर्षीया हिरा थारूको मृत्यु भएको हो ।

थारूलाई गत बिहीबार खेतमा काम गरिरहेको समयमा सर्पले टोकेको थियो । सर्पले टोकेपछि उपचारका लागि बर्दिया अस्पताल लागिएको थियो । बर्दिया अस्पतालमा उपचार सम्भवन नभएपछि नेपालगन्जको भेरी अस्पतालमा रिफर गरिएको थियो ।

भेरी अस्पतालमा उपचारको क्रममा थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक चक्रबहादुर डम्बरपालले जानकारी दिनु भयो ।

अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका अस्पताल थारूलाई भेरी अस्पताल नेपालगन्जमा रिफर गरिएको अस्पताल मेडिकल रेकर्डर केशव न्यौपानेले बताउनुभयो । थारूको उपचारको क्रममा शुक्रबार दिउँसो १२ बजेर २० मिनेटमा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक चक्रबहादुर डम्बरपालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १० जेष्ठ २०८२ शनिबार ००:००  ९ : ०७ बजे