३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

कक्षा १२ को मौका परीक्षा तालिका सार्वजनिक



काठमाडौँ । 

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको तालिका सार्वजनिक गरेको छ। 

बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले आज सूचना जारी परीक्षा भदौ २८ र २९ गते सञ्चालन जानकारी दिएको हो। परीक्षा बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म चल्नेछ। 

सैद्धान्तिकतर्फ एनजी (नन ग्रेडेड)प्राप्त गरेका, बढीमा दुई विषयमा अनुपस्थित भएका वा सैद्दान्तिकतर्फ अरु विषयमा डी वा सोभन्दा बढी विषयमा डी ग्रेड ल्याएर कुनै एक विषयमा एनजी वा अनुपस्थित रहने विद्यार्थीले परीक्षा दिन पाउनेछन्। यस्तै परीक्षाफल चित्त नबुझेका विद्यार्थीका लागि पुनर्योगको लागि साउन २९ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ। 

गत वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालित कक्षा १२ को नियमित तथा आंशिक परीक्षाको नतिजा सोमबार प्रकाशन गरेको थियो।नतिजाअनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। एक लाख ८७ हजार २१ जना विद्यार्थी नन ग्रेड अर्थात एनजी भएका छन्। 

प्रकाशित मिति : २० श्रावण २०८२ मंगलबार ००:००  १० : ४१ बजे