काठमाडौं ।
आज राति देशभर पूर्णतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभाग साथै सुदूरपश्चिम प्रदेशको पहाडी र तराईको भूभागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
भोलि देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भूभागका धेरै स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।







प्रतिक्रिया