नेपालगञ्ज ।
बाँकेको नेपालगञ्जबाट प्रहरीले स्रोत नखुलेको २२ लाख बढी नगद र १५ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ परेका युवकलाई बुधबार जिल्ला अदालत, बाँकेबाट चार दिनको म्याद थप गरी हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको टोलीले मङ्गलबार राति नेपालगन्ज १४ का २८ वर्षीय रमेश लोनियाको घर खानतलासी गरिएको थियो। त्यस क्रममा नेपाली र भारतीय गरी रु २२ लाख तीन हजार ९१५ सहित ब्राउन सुगर बरामद गरिएको प्रहरी नायब उपरीक्षक पातलीले बताए।
प्रहरीले उनको घरबाट सुनचाँदीका विभिन्न गरगहना, पाँच थान खुकुरी, दुई थान मोटरसाइकल र १० वटा मोबाइल पनि बरामद गरेको छ। घटनामा अवरोध सिर्जना गर्न खोजेका चार जनालाई पक्राउ गरिएको र तीमध्ये दुईलाई प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा हिरासतमा लिइएको प्रहरी नायब उपरीक्षक पातलीले बताए।







प्रतिक्रिया