३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मायादेवीमा सय बढि नेता तथा कार्यकर्ता एमालेमा प्रवेश



कपिलवस्तु ।
कपिलवस्तुमा नेकपा (एमाले) प्रवेश गर्ने क्रम तीव्र बनेको छ । मायादेवी गाउँपालिकामा आयोजित एक भेलामा विभिन्न दल परित्याग गरी सयभन्दा बढी नेता तथा कार्यकर्ताले एमालेमा प्रवेश गरेका छन्।

मायादेवी गाउँपालिका–१ मा सम्पन्न कार्यक्रममा बहुजन शक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका विभिन्न पार्टीबाट सयौँ नेता तथा कार्यकर्ताले एमाले प्रवेश गरेका हुन्। नवप्रवेशीहरुलाई नेकपा एमाले केन्द्रीय लेखा आयोगका उपाध्यक्ष, पूर्वमन्त्री प्रदेश सभा सदस्य विष्णु पन्थी, प्रदेश सभा सदस्य मधुसुदन शरण चौधरी, एमाले युवा नेता बजरंगी प्रसाद चौधरीलगायत नेताहरुले स्वागत गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि सांसद पन्थीले विकास र समृद्धिको नेतृत्व केवल एमाले पार्टीले मात्र गर्न सक्ने भन्दै जनताको विश्वास निरन्तर एमालेतर्फ आकर्षित भइरहेको बताउनुभयो। उहाँले मधेशका जनतामाझ एमालेप्रतिको भरोसा बढ्दै गएको उल्लेख गर्दै जीवनस्तर उकास्ने र आर्थिक समृद्धिको स्पष्ट खाका प्रस्तुत गर्न सक्ने पार्टी एमाले भएको जिकिर गर्नुभयो।

सोही अवसरमा हिन्दराज चौधरीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरिएको छ। जसमा शिवनारायण चाई उपाध्यक्ष, अर्जुन प्रसाद चौधरी सचिव र अन्य सदस्यहरु चयन भएका छन्। कार्यक्रम वडा कमिटी सचिव शिव कुमार चाईको अध्यक्षता तथा राजेश चौधरीको सञ्चालनमा सम्पन्न भएको हो।

प्रकाशित मिति : ३१ श्रावण २०८२ शनिबार ००:००  ७ : ०३ बजे