१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

भारत-अमेरिका व्यापार वार्ता रोकियो, अमेरिकी टिमको भ्रमण स्थगित



एजेन्सी ।
प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणपछि फेब्रुअरीमा सुरु भएको भारत-अमेरिका व्यापार सम्झौताको वार्ता हाल रोकिएको छ ।

अगस्टको दोस्रो साता भारत आउन तय भएको अमेरिकी अधिकारीहरूको भ्रमण पनि अमेरिकी पक्षले हाललाई स्थगित गरेको इन्डियन एक्स्प्रेसले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि ५० प्रतिशत भन्सार कर घोषणा गरेका छन्, जुन कुनै पनि देशमाथिको अहिलेसम्मकै उच्चतम कर हो । हालसम्म २५ प्रतिशत कर लागू भइसकेको छ भने रूसी तेल व्यापारका कारण थप २५ प्रतिशत कर लाग्ने सम्भावना पनि रहेको छ ।

ट्रम्पले ५० प्रतिशत करको घोषणा गरेपछि भारत र अमेरिकाबीच सम्बन्धमा दरार आएको छ । यसबीचमा भारतले रुस र चीनसँग सम्बन्ध सुमधुर बनाउने प्रायस गरिरहेको छ, जसबाट ट्रम्प भारतसँग बिच्किएका छन् ।

प्रकाशित मिति : १ भदौ २०८२ आइतबार ००:००  ८ : २७ बजे