१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

इटालीको भेन्टिना हिमनदी तीव्र रूपमा पग्लिँदै, अब टाढाबाट मात्र निगरानी सम्भव



एजेन्सी ।

जलवायु परिवर्तनका कारण इटालीको भेन्टिना हिमनदी तीव्र रूपमा पग्लिँदा भूगर्भविद्हरूले अब टाढाबाट मात्र निगरानी गर्न सक्ने भएका छन् । हिमनदी तीव्र रूपमा पग्लिँदा भूगर्भविद्हरूले विगत १ सय ३० वर्षजस्तै प्रत्यक्ष रूपमा मापन गर्न नसक्ने समाचार संस्था एपीले जनाएको छ ।

भेन्टिना उत्तरी लोम्बार्डीको सबैभन्दा ठूलो हिमनदीमध्ये एक हो । यस वर्षको तातो गर्मीपछि भूगर्भविद्हरूले हरेक वर्ष हिमनदीको फिर्ता मापन गर्न प्रयोग हुने आधारविन्दु ९स्ट्याक० चट्टान र भग्नावशेषमुनि गाडिएको पत्ता लगाएका छन् । यसले भविष्यमा हिमनदीको प्रत्यक्ष भ्रमणलाई जोखिमपूर्ण बनाएको खबरमा उल्लेख छ ।

भूगर्भविद्हरूका अनुसार सन् १८९५ मा पहिलो मापन विन्दु राखिएदेखि भेन्टिना हिमनदीले १ दशमलव ७ किलोमिटर ९एक माइल० लम्बाइ गुमाइसकेको छ । पछिल्ला वर्षमा पग्लने गति झन् बढेको छ, विगत १० वर्षमै ४ सय ३१ मिटर हराएको छ, यसको आधा सन् २०२१ पछि मात्र भएको हो ।

यसै वर्ष फेब्रुअरीमा जर्नल ‘नेचर’ ले प्रकाशित गरेको अध्ययन अनुसार सन् २००० देखि २०११ सम्म विश्वका हिमनदीहरूले हरेक वर्ष झन्डै २ खर्ब ५५ अर्ब टन बरफ गुमाएका थिए । तर अर्को दशकमा यो दर बढेर हरेक वर्ष झन्डै ३ खर्ब ४६ अर्ब टन पुगेको छ ।

प्रकाशित मिति : ३ भदौ २०८२ मंगलबार ००:००  ७ : ५६ बजे