१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

लैंगिक हिंशाको वर्तमान अवस्था र सिफारिस मेकानिजम बारे अन्तरक्रिया



कपिलवस्तु ।
कपिलवस्तुमा लैंगिक हिंशाको वर्तमान अवस्था र सिफारिस मेकानिजम बारे अन्तरक्रिया गरिएको छ । साथी संस्था नेपालको आयोजना र हुरेक नेपालको आर्थिक सहयोगमा सम्पन्न उक्त अन्तरक्रियामा जिल्लामा लैंगिक हिंशाको वर्तमान अवस्था लगाएतबारे छलफल गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख बाबुराम आचार्यले साथीसंस्थाले गरेको काम उच्च प्रशंसनीय रहेको भन्दै यस्ता कामलाई निरन्तरता दिन आग्रह गर्नुभयो । विभिन्न हिंशाबाट पिडित ब्यक्तीलाई साथी संस्थाले संरक्षण र उसको न्यायको लागि काम गरेको भन्दै पालिकालाई सहयोग तथा सहकार्य गर्न आग्रह गर्नुभयो ।
अन्तरक्रियामा जिल्ला न्यायधिवक्ता खिमानन्द गौतमले लैंगिक न्यायको अवधारणा नेपालमा कानुनी तथा नीतिगत ब्यवस्था लगाएतबारे जानकारी गराउनुभएको भएको थियो । गौतमले जबरजस्तीकरणीको मुद्धा कम भएको भन्दै यसलाई सकरात्मक रुपमा लिनुपर्ने बताउनुभयो । उहाले महिला हिंशाको घटनामा आफुहरु गम्भीर रहेको भन्दै गौतमले पिडितलाई न्याय र पिडकले सजाय पाउने बताउनुभयो ।
साथी संस्थाले विभिन्न हिंशाबाट पिडितलाई संरक्षण गर्दै उनिहरुको न्यायको लागि काम गर्दै आएको छ । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछाने, नेपाल बार एसोसिएसनका अधिवक्ता राज कुमार श्रीवास्तव, अधिवक्ता शम्भु सैनी लगाएत गैसस, जिप्रकाका प्रहरी हवलदार संचारकर्मी लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १९ भदौ २०८२ बिहिबार ००:००  १२ : २९ बजे