५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

घाइतेहरूको संख्या १३० भन्दा बढी, सिभिल अस्पतालले थेग्न सकेन



काठमाडौं ।

जेन–जी प्रदर्शनका क्रममा प्रहरीको बल प्रयोगबाट घाइते हुनेहरूको संख्या १३० भन्दा बढी पुगेको छ।

अस्पतालका निर्देशक डा। मोहनचन्द्र रेग्मीका अनुसार घाइतेहरूको संख्या १३० भन्दा बढी पुगेको हो। त्यसमध्ये १० जना प्रहरी रहेका छन्।

घाइतेहरूको संख्या बढ्दो क्रममा रहेकाले सिभिल अस्पतालको अवस्था अस्तव्यस्त बनेको छ। अस्पतालले घाइतेहरू थेग्न नसकेपछि अन्य अस्पताल पठाउने तयारी गरेको छ। एम्बुलेन्ससमेत अपुग भएपछि अन्य अस्पतालहरूसँग एम्बुलेन्स मागेको छ।

प्रकाशित मिति : २३ भदौ २०८२ सोमबार ००:००  ३ : २३ बजे