१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

कपिलवस्तुमा अत्यावश्यक बाहेक सबै सरकारी सेवा बन्द



कपिलवस्तु ।
युवाहरुको प्रदर्शनका कारण जिल्लामा पनि असहज परिस्थिति भएकाले अत्यावश्यक बाहेक सबै सरकारी सेवा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा अस्पताल, विद्युत् र दुरसञ्चार लगायतका अत्यावश्क सेवाबाहेक अन्य सेवा दिने कार्यालयबाट सेवा स्थगत गर्न निर्देशन गरिएको छ ।

शान्ति सुरक्षा असहज भएकाले कर्मचारी सुरक्षित भई कार्यालय सुरक्षित राख्न यस्तो निर्देशन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेले बताए ।

प्रकाशित मिति : २४ भदौ २०८२ मंगलबार ००:००  ४ : ०७ बजे