१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

बजारमा खाना पकाउने ग्यासको अभाव नरहेको निगमको दाबी



काठमाण्डौ ।

नेपाल आयल निगमले खाना पकाउने ग्यासको अभाव नभएकोे जनाएको छ । ग्यास अभाव हुने हल्ला फैलिरहेका बेला निगमका प्रवक्ता मनोज कुमार ठाकुरले ग्यासको नियमित आपूर्ति भइरहेको जानकारी दिनुभयो ।

उज्यालोसँगको कुराकानीमा प्रवक्ता ठाकुरले सबैखाले पेट्रोलियम पदार्थको नियमित आपूर्ति भइरहेकोले हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको छ । ग्यास अभाव हुने भन्दै अहिले ग्यास पसलहरुमा उपभोक्ताको भिड छ ।

अति प्रज्वलनशील पदार्थ भएकोले खाना पकाउने ग्यासको सञ्चिती नगर्न निगमको आग्रह छ । धेरै ग्यास जम्मा गर्दा दुर्घटनाको जोखिम हुनसक्ने तर्फ सचेत गराएको छ । ट्याङ्कर र ग्यास ढुवानी गर्ने गाडीहरु चलिराखेकोले भारतबाट पेट्रोलियम पदार्थ आयात भइरहेको प्रवक्ता ठाकुरले बताउनुभयो । सबै उपभोक्ताले एकैपटक धेरै सिलिण्डर खरिद गर्दा कृत्रिम अभाव हुन सक्नेतर्फ निगमले सचेत गराएको छ । 

प्रकाशित मिति : २७ भदौ २०८२ शुक्रबार ००:००  २ : ५० बजे