१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

‘जेन–जी’ प्रदर्शनमा भएको आगजनी तथा लुटपाटको तस्वीर/भिडियो पठाउन प्रहरीको आग्रह



काठमाण्डाै ।

नेपाल प्रहरीले ‘जेन–जी’ प्रदर्शनका क्रममा भएको आगजनी तथा लुटपाटको तस्वीर/भिडियो पठाउन आग्रह गरेको छ ।

प्रहरीले आज सूचनामार्फत भदौ २३ र २४ काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा भएको प्रदर्शनका क्रममा भएको आगजनी, लुटपाट, अप्रिय घटना, आमसर्वसाधारणमा त्रास सिर्जना हुने घटनासँग सम्बन्धित तस्वीर/भिडियो पठाउन आग्रह गरेको हो ।

घटनासँग सम्बन्धित तस्वीर/भिडियो, सामाजिक सञ्जालका लिङ्क पठाउनेहरूको गोपनीयता कायम रहने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ भदौ २०८२ शुक्रबार ००:००  ५ : १५ बजे