१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

देउवा दम्पतीमाथिको आक्रमण अमानवीय र बर्बरतापूर्णः कांग्रेस



काठमाण्डौ ।
नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणामाथि अमानवीय र बर्बरतापूर्ण आक्रमण भएको बताएको छ ।

उपसभापति पूर्णबहादुर खड्काले आज विज्ञप्ति निकालेर लोकतन्त्रका लागि जीवन पर्यन्त अविचलित रूपमा सङ्घर्ष गरेका पार्टीका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पार्टीकी केन्द्रीय सदस्य आरजु राणा देउवामाथिको अमानवीय र बर्बरतापूर्ण भौतिक आक्रमण निन्दनीय एवम् भर्त्सनायोग्य रहेको उल्लेख गर्नुभएको हो ।

भदौ २४ गते ुजेन–जीु आन्दोलनका क्रममा बूढानीलकण्ठमा घरभित्रै रहेका सभापति देउवा र तत्कालीन परराष्ट्रमन्त्री आरजुमाथि प्रदर्शनकारीहरूले कुटपिट गरेका थिए ।

कांग्रसले ुजेन–जीु आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र कुटपिटका घटनाको छानबिन गर्न माग गरेको छ । यस्तै कांग्रेसले प्रतिनिधिसभा विघटनको कार्य पूर्णरूपमा अलोकतान्त्रिक र असंवैधानिक रहेको दोहोर्‍याएको छ ।

प्रकाशित मिति : २९ भदौ २०८२ आइतबार ००:००  ६ : २७ बजे