१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

अर्घाखाँचीमा दुईवटा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, २ को अवस्था गम्भीर



काठमाडौं ।
अर्घाखाँचीमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्।

बुधबार राति अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१ मा टिविकामा दुईवटा मोटरसाइकल आपसमा ठक्कर खाँदा दुईजना चालकको मृत्यु भएको हो भने पछाडि सवार दुई जना गम्भीर घाइते भएको अर्घाखाँची प्रहरीले जनाएको छ।

अर्घाखाँची छत्रदेव गाउँपालिका–१ सौरेखोलामा लु ५८ प ७९७८ न मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरे लु ३३ प ६५४४ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा अर्घाखाँची पाणेनी गाउँपालिमा–५ का २१ वर्षी तारा बेलबासे र गुल्मी छत्रकोट गाउँपालिका–६ का ३५ वर्षीय सुमन सुनार रहेका छन्। उनीहरु दुवै चालक हुन्। उनीहरुलाई प्रहरीले घटनास्थलबाट उद्धार गरेर जिल्ला अस्पताल सन्धीखर्क लगेको थियो दुवैको उपचारका क्रममा राति पौने ११ बजे मृत्यु भएको प्रहरीको भनाइ छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार अर्घाखाँची पाणिनीकी १८ वर्षीया दीपा कोइराला र गुल्मीको छत्रकोटका ४४ वर्षीय सुरज सुनार घाइते छन्। उनीहरुलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल र लुम्बिनी सिटी अस्पताल रेफर गरिएको छ। दुवैको अवस्था गम्भीर छ।

दुवै मोटरसाइकल तीव्र गतिको कारण दुर्घटनामा परेको अनुमान प्रहरीको अनुमान छ।

प्रकाशित मिति : ३० आश्विन २०८२ बिहिबार ००:००  १० : ०० बजे