३० कार्तिक २०८२, आइतबार | Mon Nov 17 2025

रौतहटमा खोलामा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु



काठमाडौं ।
रौतहटको गरुडा नगरपालिका–५ शिवनगरमा शनिबार दिउँसो झाझ खोलामा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ ।

देवाही गोनाही नगरपालिका–३ घर भई शिवनगरमा बस्दै आएका संजिव साहका १० वर्षीय छोरा निरज साह र उनका दाइ राजकिशोर साहका १० वर्षीय छोरा अर्जुन साहको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक राजु कार्कीले बताए ।

दुवै जनालाई स्थानीयले खोलाबाट उद्धार गरी संजिवनी अस्पताल शिवनगर पुर्‍याएका थिए, तर चिकित्सकले दुबैलाई मृत घोषणा गरेका थिए ।

केही दिन अघि गौर १ को सिमाक्षेत्र नजिकै बाढीको बाढीको पानीमा डुबेर तीन बालिकाको मृत्यु थियोे ।

प्रकाशित मिति : १ कार्तिक २०८२ शनिबार ००:००  ६ : ३२ बजे