१८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

सुनको भाउ २ हजार रुपैयाँले घट्यो



काठमाण्डौ ।

आज सुनको भाउ दुई हजार रुपैयाँले घटेको छ । आज सुन तोलाको २ लाख ३९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४१ हजार नौ सय रुपैयाँ थियो ।

महासङ्घका अनुसार आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ३५ रुपैयाँले घटेर चाँदी दुई हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार १५ रुपैयाँ थियो ।

प्रकाशित मिति : १० कार्तिक २०८२ सोमबार ००:००  १ : ४७ बजे