१७ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

सुनको भाउ आज पनि घट्योः तोलाको २ लाख ३६ हजार ३००



काठमाण्डौ ।
तिहार बिदापछि सुनको भाउ लगातार घटेको छ । तिहारपछिको पहिलो कारोबारको दिन आइतबारदेखि घट्न थालेको सुनको भाउ आज पनि घटेको छ । आइतबार तोलामा दुई लाख ४१ हजार नौ सय रुपैयाँमा कारोबार भएकोमा सोमबार र हिजो मंगलबार पनि घटेको थियो ।

त्यस्तै आज सुन तोलामा ७ सय रुपैयाँले घटेर तोलाको दुई लाख ३६ हजार तीन सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ३७ हजार रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ भने बढेको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार नौ सय २० रुपैयाँ रहेकोमा आज तोलाको दुई हजार नौ सय ६५ रुपैयाँ पुगेको छ । चाँदीको भाउ आइतबार तोलाको ३ हजार १५ रुपैयाँ थियो । हिजोको तुलनामा चाँदी आज तोलामा ४५ रुपैयाँले बढेको हो ।

गएको असोज ३१ गते सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च थियो । त्यस दिन सुन तोलाको दुई लाख ५८ हजार रुपैयाँ थियो । चाँदीको भाउ तोलाको तीन हजार तीन सय ५० रुपैयाँ थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०८२ बुधबार ००:००  ११ : ४९ बजे