१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

सँगै बसेर मदिरा सेवन गरेका छोराले गरे बाबुको हत्या



पाँचथर ।

हिलिहाङ गाउँपालिका १ का युवकले चिर्पट प्रहार गरी बाबुको हत्या गरेका छन् ।

३१ वर्षीय शन्देस राईले ६९ वर्षीय बुवा युवराज राईको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख (डिएसपी)अनिष कर्णका अनुसार शन्देशले आइतबार बिहान बाबुको हत्या गरेको खुलेको छ ।

युवराजको शव घर नजिकै करेसाबारीमा भेटिएको थियो । बाबुसँगै बसेर मदिरा सेवन गरेका उनले के विषयमा विवाद हुँदा चिर्पट प्रहार गरे भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

घटनाको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले शन्देसलाई पक्राउ गर्नका साथै युवराजको शव पोष्टमार्टमका लागि पाँचथर जिल्ला अस्पतालमा ल्याएको डिएसपी कर्णले जनाए ।

प्रकाशित मिति : १७ कार्तिक २०८२ सोमबार ००:००  ११ : ३६ बजे