२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

कोशी र गण्डकीमा आज वर्षा र हिमपातको सम्भावना



काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ।बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।

शनिबार दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ महाशाखाको अनुमान छ।  कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना पनि छ। 

राति कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २२ कार्तिक २०८२ शनिबार ००:००  ७ : ५८ बजे