२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

महिला केन्द्रित नीति सम्बन्धी सवोकारवालासंग स्थानीय संबाद कार्यक्रम



कपिलवस्तु ।
कपिलवस्तुको तौलिहवामा महिला केन्द्रित नीति सम्बन्धी सवोकारवालासंग स्थानीय संबाद कार्यक्रम संपन्न गरिएको छ । युएन ओमनको सहयोगमा तथा दलित महिला संजाल भक्तपुरको आयोजना कार्यक्रम संपन्न गरिएको हो । सामाजिक मान्यता परिवर्तन मार्फत लैगिंकातामा आधारित हिंसा रोक्ने उद्देश्य सहीत गरिएको कार्यक्रममा महिला अधिकार सम्बन्धी बिधमान कानुनी अधिकार, सवाल, बिभेद, सामाजिक न्याय, समानता, जातिय छुवाछुत लगायतका बिषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा सहजकर्ता संजय कुमार पासीले महिला केन्द्रित बिधमान नीति, कानुनी ब्यवस्था, वर्तमान अवस्था लगातयका बिषयमा जानकारी गराएका थिए । सो अवसरमा कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत पुनाराम पौडेलले बिगतको तुलानामा अहिले महिलाहरुको सशक्त हुदै आएको बताए ।

उनले अहिले पनि समाजमा जातिय छुवाछुत र बिभेद कायम रहेको भन्दै यसलाई हटाउन जनचेतना फैलाउनु पर्ने बताए । संजालकी अध्यक्ष गीता नेपालीको अध्यक्षता, परियोजन संयोजक धन बहादुर बिको संचालनमा भएको कार्यक्रममा संजालकी कार्यकारी निर्देशक मन कुमारी बिकले उद्देश्य बारे जानकारी गराएकी थिइन् ।

सो अवसरमा नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठले महिला अधिकारकालागि पृुरुषहरुले समेत साथ दिनु् पर्ने बताए । कार्यक्रममा सामाजिक परिचालिक बिष्णु भसालले ६ महिला अघि देखि कपिलवस्तु नगरपालिका वडा नम्बर ६, ७ र ८ मा संचालित परियोजाले केहि भएपनि परिवर्तन ल्याएको बताई र उनले वडा नम्बर ६ मा दलित महिलाहरुलाई तीज सराय नाचमा सहभागी गराई पुजापाठमा समेत कुनै बिभेद नगरिएको बताइन् ।।

प्रकाशित मिति : २२ कार्तिक २०८२ शनिबार ००:००  ५ : ५७ बजे