१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

कोशी र गण्डकी प्रदेश एक/दुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना



काठमाण्डौ ।

आज कोशी र गण्डकी प्रदेशको हिमाली एक/दुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । देशका अरू धेरै ठाउँमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागमा मौसम बदलीको अवस्था छ । आज दिउँसोपछि कोशी र गण्डकी प्रदेशका हिमाली भागका एक/दुई ठाँउमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अहिले देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको महाशाखाले जनाएको छ । आजराति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने अनुमान छ ।

विमानस्थलको धावनमार्ग–किनारा सङ्केत गर्ने ‘एज–लाइट’ बिग्रिएको हो । समस्या आए पनि हिजो तीन वटा अन्तर्राष्ट्रिय उडान भारत र बङ्गलादेश ‘डाइभर्ट’ भएका थिए । सोलबाट आएको कोरियन एयर दिल्ली, कतार एयरवेज ढाका र फ्लाई दुबई लखनउ ‘डाइभर्ट’ भएका थिए ।

आन्तरिक पनि प्रभावित हुँदा सयौं यात्रु अलपत्र परेका थिए । त्रिभुवन विमानस्थलको धावनमार्गको चौडाइ ४५ मिटर र लम्बाइ ३३ सय ५० मिटर छ । दुवै किनारामा सेतो रङका बत्ती बल्छन् । तर, ‘सर्ट सर्किट’का कारण हिजो यी बत्ती नबलेपछि समस्या आएको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०८२ आइतबार ००:००  ७ : ४० बजे