२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

गोसाईंकुण्डमा सुरक्षितता बढाउँदै नेपाली सेना, तीन स्थानमा लाईफब्वाय ट्यूब जडान



रसुवा।

धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण तीर्थस्थल गोसाइँकुण्डमा सम्भावित डुबान दुर्घटनाबाट सुरक्षा सुनिश्चित गर्न नेपाली सेनाले महत्वपूर्ण पहल गरेको छ।

गोसाइँकुण्ड गाउँपालिका–५ स्थित पवित्र कुण्डको किनारामा आपतकालिन अवस्थामा प्रयोग गर्न मिल्ने गोसाईंकुण्डमा सुरक्षितता बढाउँदै नेपाली सेना, तीन स्थानमा लाईफब्वाय ट्यूब जडान जडान गरिएको हो। नेपाली सेनाको श्रीनाथ गणले निकुञ्ज कार्यालयका पदाधिकारी, स्थानीय होटल व्यवसायी तथा गोसाइँकुण्ड मन्दिरका पुजारीको उपस्थितिमा २०८२ कार्तिक २७ गते तीन स्थानमा डोरीसहितकागोसाईंकुण्डमा सुरक्षितता बढाउँदै नेपाली सेना, तीन स्थानमा लाईफब्वाय ट्यूब जडान राख्ने काम सम्पन्न गरेको जनाएको छ।

प्रत्येक वर्ष तीर्थयात्री तथा पर्यटकहरूको आएका कारण गोसाइँकुण्डमा डुबान दुर्घटना हुने जोखिम रहने भएकाले सुरक्षाको व्यवस्थालाई प्रभावकारी बनाउने उद्देश्यले उक्त उपकरण जडान गरिएको सेनाले बताएको छ।

यसले आकस्मिक अवस्थामा उद्धार कार्यलाई छिटो र प्रभावकारी बनाउन मद्दत पुग्ने स्थानीयहरूले बताएका छन्।

प्रकाशित मिति : २८ कार्तिक २०८२ शुक्रबार ००:००  ६ : ५० बजे