१७ मंसिर २०८२, बुधबार | Thu Dec 4 2025

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ



काठमाण्डौ ।

प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । आन्दोलनको तयारीमा रहेका प्रसाईंलाई प्रहरीले गएराति भक्तपुरको उनकै घरबाट पक्राउ गरेको हो ।

प्रसाईंमाथि सार्वजनिक शान्ति खलल पार्न नहुने कसुरमा प्रहरीले पक्राउ गरेको हो । प्रसाईंले पछिल्लो समय आन्दोलन भड्काउने अभिव्यक्तिहरू दिँदै आएका थिए । प्रसाईं यसअघि पनि पटकपटक पक्राउ परेका थिए । 

प्रकाशित मिति : २ मंसिर २०८२ मंगलबार ००:००  ८ : ३७ बजे