कपिलवस्तु ।
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि. वनगाई शाखाद्धारा महिला उद्यमशीलता, व्यवसाय व्यवस्थापन तथा हरित रोजगारी कार्यक्रम अन्तर्गत १ दिने व्यवसायिक बाख्रा पालन तालिम तथा बैंकिङ समुदायका सदस्यहरूका लागि वित्तीय साक्षरता तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।
कार्यक्रम शाखा अधिकृत गिरिराज रेश्मीको अध्यक्षता तथा कर्मचारी सृजना महतको सञ्चालनमा सम्पन्न भएको थियो । कर्मचारी अरविन्द कुमार गुप्ताले स्वागत गर्नुभएको कार्यक्रममा प्रतिज्ञा मार्फत तालिम शुभारम्भ भएको थियो ।
तालिमका अवसरमा वाणगंगा नगरपालिका वडा नं १ कि वडा सदस्य टोपकला बिसी, वडा नं ७ की वडा सदस्य पार्वती सुनारले महिलाहरू आत्मनिर्भर बन्न व्यवसायिक पशुपालन अत्यन्तै प्रभावकारी माध्यम भएको बताइन् । “सीपसँगै लगानी र निरन्तरताले महिलालाई आर्थिक रूपमा सबल बनाउन तालिमले गाउँमै रोजगारी सिर्जना गर्न सहयोग पुरयाउने बताएका थिए ।
तालिमका प्रशिक्षक डा. यमलाल पोख्रेल, डा. जगदीश रिजाल तथा खुमानन्द पोख्रेलले व्यवसायिक बाख्रा पालन, बाख्राको जात र महत्व, रोग व्यवस्थापन, आहार व्यवस्थापन, प्रजनन व्यवस्थापन, बाख्राको प्रजनन चक्र, बोकाको चयन, बच्चाको हेरचाह तथा बजारिकरण सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरेका थिए ।
समापन कार्यक्रममा वाणगंगा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार तिवारीले जनउत्थान सामुदायिक लघुवित्तले ग्रामीण क्षेत्रमा आर्थिक सशक्तीकरणका लागि खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे । कार्यक्रममा ६० जना सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।







प्रतिक्रिया