काठमाडौं । रुकुमपूर्व र उदयपुरबाट भरुवा बन्दुकसहित ५ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-८ बाट भरूवा बन्दुक २ थान र सोही बन्दुकमा
प्रयोग हुने बारूद सहित ३ जनालाई आइतबार राति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-८ खराङ बस्ने ३० वर्षीय शेरबहादुर थापा, ४३ वर्षीय यमप्रसाद पुन र ४८ वर्षीय कृष्णबहादुर मल्ल रहेका छन् ।
शेरबहादुरको गोठ खान तलासी गर्दा उक्त हातहतियार फेला पारी उनीहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
यसैगरी उदयपुरको कटारी नगरपालिका-१२ अर्नाबाट भरूवा बन्दुक १ थान सहित २ जनालाई
आइतबार साँझ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय मित्रबहादुर बुढाथोकी र ४४ वर्षीय हिरालाल तामाङ रहेका छन् ।
मित्रबहादुरको बारीबाट उक्त बन्दुक फेला पारी दुवै जनालाई नियन्त्रमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया