३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

रास्वपासँग कुरा नमिलेपछि उज्यालो नेपाल प्रलोपासँग छलफलमा



काठमाडौँ ।
उज्यालो नेपाल पार्टीले विलय गर्न अस्वीकार गर्दै प्रगातिशिल लोकतान्त्रिक पार्टीसँग चुनावी तालमेलको छलफल थालेको छ।
संरक्षक बाबुराम भट्टराई रहेको प्रलोपासँगै सहयोग गर्ने तयारीमा रहँदा घिसिङले शर्तसहित सम्मानजनक सहकार्यको प्रस्ताव राखेका छन्।
चुनावी बन्दसूची बुझाउने समय सीमा नजिकै आउँदा मिलेर निर्णय गर्न दुवै पार्टी दबाबमा रहेका छन्।
काठमाडौँ – रास्वपामा विलय हुन अस्वीकार गरेको उज्यालो नेपाल पार्टी डा। बाबुराम भट्टराई संरक्षक रहेको प्रगातिशिल लोकतान्त्रिक पार्टीसँग छलफलमा जुटेको छ।

शनिबार रास्वपा र बालेनले सात बुँदे सहमति गर्दै भावी राजनीतिक यात्रा तय गरेपछि कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपालले प्रलोपासँग सहकार्य गर्न लागेको हो। प्रलोपामा मुख्य नेता सन्तोष परियारलाई मानेर डा। भट्टराई र जनार्दन शर्मा संरक्षक बसेका छन्।

प्रलोपाका नेता अनिल शर्माका अनुसार अहिले चुनावी तालमेलका विषयमा छलफल केन्द्रित रहेको जानकारी दिए। उनले भने, ‘अहिले चुनावी तालमेलको विषयमा कुराकानी भइहरेको छ।’

उज्यालो नेपाल पार्टी आफ्नो अस्तित्व सामाप्त पारेर कतै नजाने अडान शहरी विकासमन्त्री समेत रहेका घिसिङले राखेका छन्। आइतबार पोखरा पुगेका उनले सम्मानजनक अवस्थामा मात्रै सहकार्य गर्न सकिने बताएका थिए।

‘सबै एक बनाएर, सही नेतृत्वहरू, वैकल्पिक शक्तिहरू सबै एक भएर जानुपर्छ। सकेसम्म एक भएर जाने, नभए एउटा कार्यगत एकता गरेर जाने अवस्थामा हामी छौँ। त्यो भएको हुनाले सबै नयाँ र मेनस्ट्रिम फोर्सहरू एक भएर जानका लागि पनि म आह्वान गर्छु, घिसिङले अगाडि भने, ‘उज्यालो नेपाल पार्टी सदैव एउटा सम्मानजनक उपस्थिति, आफ्नो सम्मान र आफ्नो जुन उपस्थिति छ, आफ्नो स्वाभिमान छ, त्यसलाई यथास्थितिमा राखेर, त्यसलाई चाहिँ नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छ।’

सोमबारसम्म समानुपातिक तर्फको बन्दसूची बुझाउने पर्ने भएकाले पनि चुनावमा मिलेर जाने विषयमा तत्काल निर्णय गर्नुपर्ने अवस्थामा दुवै पार्टी छन्।

रवि बालेनसँग मिल्न घिसिङले पार्टीमा कार्यकारी हैसियत र प्रधानमन्त्रीमा हिस्सेदारी खोजेका थिए। बालेनलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्न रास्वपा तयार भए पनि कुलमानलाई दुवै पद दिन अस्वीकार गरेको छ।

प्रकाशित मिति : १४ पुस २०८२ सोमबार ००:००  ८ : १२ बजे