१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

स्पेन पुग्ने प्रयासमा यस वर्ष ३ हजारभन्दा धेरै आप्रवासीको ज्यान गयो



एजेन्सी ।

सन् २०२५ मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजार जनाभन्दा धेरै आप्रवासीको ज्यान गएको प्रतिवेदन सार्वजनिक भएको छ ।

क्यामिनान्डो फ्रन्टेरास (पैदल सीमा) मा डिसेम्बर १५ सम्ममा राखेको तथ्याङ्क अनुसार तीन हजार ९० जना आप्रवासीको ज्यान गएको स्पेनी आप्रवासन अधिकार समूहलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

आप्रवासीहरूका लागि प्रवेश गर्ने सीमाहरू घटेका कारण सन् २०२४ को तुलनामा यस वर्ष ज्यान गुमाउनेको सङ्ख्यामा कमी आएको छ । सन् २०२४ मा समुद्रमार्फत् स्पेन पुग्ने प्रयासमा कम्तीमा १० हजार चार सय ५७ आप्रवासीको ज्यान गएको वा बेपत्ता भएका छन् । यो सङ्ख्या सन् २००७ मा ट्र्याकिङ डाटा शुरू भएदेखि रेकर्ड गरिएको सबैभन्दा धेरै हो ।

परम्परागत रूपमा अल्जेरियालीहरूले प्रयोग गर्ने क्यामिनान्डो फ्रन्टेरास सीमामा यस वर्ष सोमालिया, सुडान र दक्षिण सुडानबाट आप्रवासीहरूको सङ्ख्या बढेको देखिएको समूहले जनाएको छ ।

स्पेनको आन्तरिक मन्त्रालयले यस वर्षको डिसेम्बर–१५ सम्म ३५ हजार नौ सय ३५ आप्रवासी स्पेन पुगेको बताएको छ । यो सङ्ख्या गएको वर्षको यही अवधिको तुलनामा ४० प्रतिशतले कम हो ।

प्रकाशित मिति : १४ पुस २०८२ सोमबार ००:००  ८ : ४८ बजे