कपिलवस्तु । सिद्धार्थ सामाजिक विकास केन्द्रको आर्थिक वर्ष २०८१/८२ को वार्षिक सामाजिक परीक्षण कार्यक्रम तौलिहवामा सम्पन्न भएको छ।
सामाजिक परीक्षण मार्फत संस्थाले कपिलवस्तु, रुपन्देही, नवलपरासी, बाँके र बर्दिया जिल्लाका विभिन्न पालिकामा सञ्चालन गरिएका कार्यक्रमहरूको प्रगति, बजेट, उपलब्धि र चुनौतीहरू सार्वजनिक गरिएको थियो। सहजकर्ता अमृता अनमाेलले संस्थागत कमीकमजाेरी,नीतिगत अस्पस्टता, दिगाेपना र समावेशीलाइआगामी दिनमा ध्यानदिनुपर्ने बताउनु भएकाे थियाे । कार्यक्रममा विगतकाे संस्थागत प्रभाव, सफलताकाे अध्ययन र प्रचारप्रसारमा चुकेकाे आैल्याइएकाे थियाे ।
जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले गैरसरकारी संस्थाहरूले सार्वजनिक निकायसँग सहकार्य गर्दै पारदर्शी रूपमा काम गर्नु आवश्यक रहेको बताउनुभयो। उहाँले सिद्धार्थ सामाजिक विकास केन्द्रले सामाजिक उत्तरदायित्वका अभ्यासमार्फत सकारात्मक सन्देश दिएको धारणा व्यक्त गर्नुभयो।
शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले संस्थाले स्थानीय तहसँग समन्वय गरी शिक्षा,स्वास्थ्य र सामाजिक न्यायका क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गरेको बताउँदै आगामी दिनमा सहकार्यलाई अझ सुदृढ गरिने बताउनुभयो।
सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेले संस्थाले स्थापनाकालदेखि नै सुशासन र पारदर्शिताको क्षेत्रमा उदाहरणीय काम गर्दै आएको बताउँदै सामाजिक परीक्षणले जनउत्तरदायित्व र विश्वास बढाउने उल्लेख गर्नुभयो।
एक्सन एडका प्रतिनिधि प्रेम बहादुर चौधरीले संस्थाले विभिन्न साझेदार संस्थासँग मिलेर १५ जिल्लामा श्रमिक अधिकार, गरिब तथा विपन्न र पछाडि पारिएका समुदायहरूको सशक्तीकरणका क्षेत्रमा काम गरिरहेको जानकारी दिनुभयो।
नेपाल पत्रकार महासङ्घ कपिलवस्तुका उपाध्यक्ष खग प्रसाद चापागाईंले सामाजिक परीक्षणले संस्थागत पारदर्शिता र उत्तरदायित्व अभिवृद्धि हुने बताउनुभयो। त्यस्तै कपिलवस्तु नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठले स्थानीय सरकार र गैरसरकारी संस्थाबीचको सहकार्य विकासका लागि अपरिहार्य रहेको उल्लेख गर्नुभयो। जिल्लाका काम गर्ने अन्य संस्थाहरूले पनि पारदर्शिताकाे लागि सामाजिक परिक्षण अनिवार्य गर्नुपर्ने बताउनुभयाे । गैसस महासंघ कपिलवस्तुका अध्यक्ष जय प्रकाश पान्डे, पत्रकार हरि अधिकारीले सामाजिक परिक्षणलाइ प्राथिमकता दिएर संघ संस्थाले काम गर्नुपर्ने बताउनुभयाे ।
कार्यक्रममा वर्षभरि सञ्चालन गरिएका गतिविधि, खर्च विवरण र उपलब्धिहरू प्रस्तुत गर्दै सहभागीहरूबाट सुझावसमेत संकलन गरिएको थियो। कार्यक्रममा विभिन्न साझेदार संस्था प्रमुख तथा प्रतिनिधि, जिल्ला स्थित संघसंस्थाका प्रमुख, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, समुह संस्थाका पदाधिकारी, बालसंजाल, ठुली दिदीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

२०५२ सालमा स्थापना भएकाे साे संस्थाले हाल समावेशी शिक्षा र बालअधिकार, दीगो जीविकोपार्जन, सामाजिक न्याय र संरक्षण, स्वास्थ्य सरसफाई र सुशासन र मानवअधिकारको सवालमा प्राथमिकताका साथ काम गरिरहेकाे छ । संस्थाका अध्यक्ष तिलोचन घिमिरेको अध्यक्षतामा सम्पन्न भएको सामाजिक परिक्षण कार्यक्रममा सराेकारवालकाे सल्लाह सुभाब अनुसार संस्था अघि बढ्ने बताउदै अतिथी सहभागी सवैलाइ धन्यवाद व्यक्त गर्नुभएकाे थियाे ।
विभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा लुम्विनी प्रदेशका १२ जिल्लाका ५० वढि पालिकाका झन्डै १० हजार वढि घरपरिवार, सरोकारवालाहरु संग प्रत्यक्ष जोडिएर कार्य गरिरहेको संस्थाका सचिव दुर्गा अर्याले जानकारी दिनुभयाे ।







प्रतिक्रिया