कपिलवस्तु ।
सुमन गिरीको संयोजकत्वमा जेन्जी बुद्धभूमि नगर समिति गठन गरिएको छ। जेन्जी कपिलवस्तुको आयोजनामा आज शनिबार बुद्धभूमि नगरपालिका–४ स्थित बुढ्ढी तालमा सम्पन्न एक विशेष कार्यक्रमकाबीच गिरीको नेतृत्वमा नगर समिति गठन गरिएको हो।
समितिको हाललाई संयोजकको जिम्मेवारी सुमन गिरीलाई र सचिवको जिम्मेवारी विवेक आचार्यलाई दिइएको छ। अन्य पदाधिकारी तथा सदस्यहरूको चयन प्रक्रिया सुरु भइसकेको जनाइएको छ।
नवगठित समितिका संयोजक सुमन गिरीले युवालाई संगठनात्मक रूपमा जोड्दै सामाजिक, रचनात्मक तथा जनचेतनामूलक गतिविधि सञ्चालन गर्ने उद्देश्यसहित समिति गठन गरिएको बताए। जेन्जीमार्फत बुद्धभूमि नगरपालिकाका युवालाई एकताबद्ध गर्दै सकारात्मक परिवर्तनको अभियान अघि बढाउने आफुहरुको लक्ष्य रहेको भन्दै उहाँले अन्य पदाधिकारी र सदस्यहरूको नामावली केही दिनमै टुंगो लाग्ने बताउनुभयो ।
कार्यक्रममा विभिन्न क्षेत्रका युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले जेन्जीमार्फत स्थानीय स्तरमा युवा नेतृत्व विकास र सामाजिक उत्तरदायित्वका गतिविधि प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।







प्रतिक्रिया