कपिलवस्तु ।
कपिलवस्तुमा प्रधानमन्त्री कप क्रिटेट प्रतियोगीताको छनौट कार्य सुरु भएको छ । तौलिहवा स्थित बुद्धपदम माबिको खेल मैदानमा मेयर सुदीप पौडेलले ब्याटिङ र क्रिकेट संघका जिल्ला अध्यक्ष प्रकाश गैरेले बलिङ गरी छनौटको शुभारम्भ गरिएको हो । जिल्ला क्रिकेट संघको आयोजनामा भएको छनौट समारोहमा मेयर पौडेलले अहिले नेपालमा त्रिकेटको क्रेज बढेको बताए । उनले कपिलवस्तुबाट बिश्व कप क्रिकेट खेल्नकालागि प्रतियोगीतामा जिल्लाबाट समेत खेलाडी छनौट भएको गौरवको कुरा भएको बताए । उनले क्रिकेटबाट अहिले राम्रो खेलाडीले सजिलै आफनो केरियर बनाउन सक्ने बताए । उनले क्रिकेटलाई तिनै तहका सरकारले लगानी बढाउनु पर्ने बताए । सो अवसरमा संघका जिल्ला अध्यक्ष गैरेले छनौटकालागि ६० बढी खेलाडीले आफनो नाम दर्ता गराएको बताए । ६ दिन सम्म ४ समुह बनाई खेल खेलाईने र खेलाडीको प्रर्दशनका आधारमा १५ जना खेलाडी छनौट गरी प्रदेशमा खेल्नकालागि पठाईने बताए । माघ ११ देखि लुम्बिनी प्रदेशको छनौट कार्यक्रम रहेको छ । जसमा ७ जिल्लाका खेलाडी सहभागी हुनेछन छनौट कार्यक्रममा नगरपालिका वडा नम्बर १ का अध्यक्ष जाहिद खाको समेत सहभागीता थियो ।
२९ पुस २०८२ मंगलबार ००:००
16
Shares







प्रतिक्रिया